आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२७ अर्ब ६० करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी नवीकरण गर्दै राष्ट्र बैंक

सोमबार, २५ असार २०८०, १० : ५४
सोमबार, २५ असार २०८०

काठमाडौं । केन्द्रीय बैंले आइतबार २७ अर्ब ६० करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ । बैंकले आज दिउँसो ३ बजे उक्त ट्रेजरी नवीकरण गरिने जनाएको हो । 

बैंकले यसअघि जारी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरीको नवीकरण गर्न चाहेको हो । राष्ट्र बैंकले नवीकरणसँगै नयाँ ट्रेजरी जारी गर्दै आएको भएपनि यस पटक भने असार अन्तिममा पुराना ट्रेजरीको नवीकरण मात्र गर्न लागेको हो । 

२८ दिने ट्रेजरीमा ५ अर्ब रुपैयाँ, ९१ दिनेमा ८ अर्ब रुपैयाँ, १८२ दिनेमा ६ अर्ब र ३६४ दिनेमा ८ अर्ब ६० करोड गरी कूल २७ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी आज नवीकरण हुने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप