आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली विशेषताको समाजवादबारे अध्ययन आवश्यक छः मन्त्री किराती

सोमबार, २५ असार २०८०, ११ : ४९
सोमबार, २५ असार २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजवाद नेपाली विशेषताको हुनुपर्ने बताएका छन् । 
सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपाली समाज कस्तो हुने भन्नेकुरामा अध्ययन आवश्यक रहेको बताए । 

किरातीले नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ ? नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने ? भन्नेकुराको अध्ययन गर्न आवश्यक रहेको बताए । 
उनले नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैँले गर्नुपर्ने बताए ।  नेपाली समाजलाई समाजवादमा पु¥याउने काम अहिलेको नेतृत्वले गर्नुपर्ने किरातीको भनाइ छ । 

उनले भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो शुरु हुने र सो कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा शुरु भइसकेको बताए ।

उनले भने, ‘नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान हामीले गर्नैपर्छ । नेपाली समाजलाई समाजवादमा पु¥याउने काम हामीले गर्नैपर्छ । यो हाम्रो कार्यभार हो । त्यो थालनी सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा भइसकेको छ । आजको सापेक्षतामा भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो शुरु हुन्छ । नेपाली समाज, समाजवाद कस्तो हुने ? नेपाली समाजवादको विशेषता के हुन् ? नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ ? नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने ? नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै छ ।’

मन्त्री किरातीले नेपाली समाजवादलाई समाजवादमा पु¥याउने काममा लाग्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप