आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार

सोमबार, २५ असार २०८०, १५ : ४३
सोमबार, २५ असार २०८०

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन २८ अंकमाथिले बढ्दै २ हजार ७७.७६ अंकको विन्दुमा उक्लिएकोमा आज ०.८० अंकले घट्दै २ हजार ७६.९६ अंकको विन्दुमा ओर्लिएको हो । 
तथापि, आज सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढ्दै ३८८.६२ अंकको विन्दुमा उक्लिएको छ । 

आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा समूहको उपसूचक ऋणात्मक भएको छ भने फाइनान्स, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, ट्रेडिङ र अन्य समूहको उपसूचक धनात्मक भएका छन् । 
झिनो अंकले नेप्से घटेको बजारमा आज ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ८२ हजार कित्ता सेयर कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप