आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद

सुरु भयो प्रतिनिधिसभा बैठक

सोमबार, २५ असार २०८०, १६ : १३
सोमबार, २५ असार २०८०

काठमाडौँ । निर्धारित समयभन्दा एक घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ। दिउँसो ३ बजेका लागि तय भएको बैठक १ घण्टा ढिला गरी सवा ४ बजे सुरु भएको हो ।

तीन दलबीच भएको सहमतिअनुसार एमालेले संसद अवरोध नगर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिको आत्मालोचनासहित सम्बोधन गर्ने सहमति भएको छ ।   

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले एमालेका सांसद गोकुल बाँस्कोटालाई बोल्न समय दिएका छन् ।

samsad1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप