ट्राफिक प्रहरीले गर्यो २१ वटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौँ । ट्राफिक प्रहरीले २१ वटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका २१ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १२ वटा मोटरसाइकल र ९ वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका ५ सय वटा सवारी साधन चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको जनाइएको छ ।
अवैध रुपमा नेपाल भित्रिएका ९५ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको र एउटा मोटरसाइकललाई थप अनुसन्धानको लागि यातायात कार्यालय पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए । चालु आर्थिक वर्षमै चोरीका दुई पाङ्ग्रे ३२ वटा सवारी साधनसहित चोरीमा संलग्न ३६ जनालाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।