आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

रवि लामिछानेको प्रश्न : दलको लडाइँमा संसदलाई बन्धक बनाउन मिल्छ ?

सोमबार, २५ असार २०८०, १६ : ३०
सोमबार, २५ असार २०८०

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले संसद्लाई तीन दलले बन्धक बनाउन मिल्छ भनेर प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले संसद्ले धेरै काम गर्नुपर्ने अवस्थामा तीन दलको मुड नचल्दैमा सदन अवरुद्ध हुन नहुने बताए ।  ‘पार्टीका मुद्दामा संसद् रोकिने कुरामा रास्वपा स्वीकार्दैैन’, लामिछानेको भनाइ छ ।

 उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे अझ स्पष्ट पार्नुपर्ने भन्दै राष्ट्रिय स्वाधीनताको मुद्दामा अप्ठेरो हुने खालका अभिव्यक्ति नदिन सचेत हुन पनि प्रधानमन्त्रीलाई आग्रह गरे । उनले संसद्लाई नेताहरूको जुँगाको लडाई नबनाउन भन्दै उनले मिटरब्याज पीडितका लागि भनेर ल्याएको अध्यादेश अन्तिम दिनमा किन ल्याइयो ? भन्दै प्रश्न गरे ।

‘रास्वपा खडा भएको छ । उभिएको छ । बरु अरु कुनै दलका नेता जोगाउन पो लागिरहेको छ कि ?’ लामिछानेको प्रश्न छ । उनले मिटरव्याज सम्बन्धि अध्यादेश ब्युँताउन आग्रह गर्दै रास्वपा त्यसमा तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप