आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भुटानी शरणार्थी प्रकरणमा मलाई रकम दिएको भन्ने अडियो योजनाबद्ध हो : सांसद राणा

सोमबार, २५ असार २०८०, १९ : २५
सोमबार, २५ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनाबद्ध रुपमा रेकर्ड गरिएको बताएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद राणाले आफूलाई रकम दिइएको कुरा अडियोमा योजनाबद्ध रुपमा रेकर्ड गरिएको बताएकी हुन् ।  

आरोपितहरुले अदालतमा दिएको बयानमा समेत योजनाबद्ध रुपमा रेकर्ड गरेको उल्लेख रहेको भन्दै उनले आफूलाई फसाउने गलत नियतले अडियो बाहिर ल्याइएको बताइन् । उनले नेपाल प्रहरीले तथ्यहीन अडियोलाई प्रेसमा ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।  

सांसद राणाले अमरेशकुमार सिंहविरुद्ध आफूले मानहानिको मुद्दा दर्ता गराएको प्रसंग निकाल्दै आफूमाथि लगाइएको आरोपहरु पुष्टि गर्न चुनौती समेत दिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप