आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सभामुखले बैठक सञ्चालनकाे प्रक्रिया सच्याउनुपर्छ : सांसद पौडेल

सोमबार, २५ असार २०८०, १९ : ५०
सोमबार, २५ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सभामुखले बैठक सञ्चालनको सन्दर्भमा कसैको आग्रह र दबाबलाई स्विकार्ने परिस्थितिलाई सच्याउनुपर्ने बताएका छन् ।  

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद् बैठकको प्रक्रियामा धेरै ठूलो प्रश्न जन्मिएको बताएका हुन् ।  

सांसद पौडेलले सभामुखले कसैको आग्रह र दबाबलाई स्विकार्नुपर्ने परिस्थिति बनेको भन्दै यसलाई सच्याउनुपर्ने बताए । उनले संसद् चल्न नदिने परिस्थितिको पनि अन्त्य हुनुपर्ने बताए । प्रश्न सोधिएकै दिन प्रधानमन्त्रीलाई स्पष्टीकरण दिन दिनुपर्ने भन्दै तिन दिन बिना अर्थमा संसद् बन्द गरिएको बताए ।  

सांसद पौडेलले एमालेले प्रधानमन्त्रीलाई सोधेको प्रश्नको चित्तबुझ्दो जवाफ के आयो भनी प्रश्न समेत गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप