आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निःशुल्क उपचार सेवाको विवरण बुझाउन अस्पतालहरूलाई मन्त्रालयको निर्देशन

मङ्गलबार, २६ असार २०८०, १५ : ३६
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिष्ठान, सामुदायिक, निजी तथा गैरसरकारी अस्पतालहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको सम्बन्धी दैनिक विवरण बुझाउन निर्देशन दिएको छ ।

मन्त्रालयका महाशाखा प्रमुख डा. मदन कुमार उपाध्यायले अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीहरूको लागि कुल शय्याको १० प्रतिशत छुट्याइ निःशुल्क उपचार गरेको विवरण अनिवार्य रूपमा मन्त्रालयले तयार गरेको इन्फरमेसन म्यानेजमेन्ट युनिटमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिएका छन् ।

आर्थिक रूपमा कमजोर नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले स्वास्थ्य सेवा ऐन २०७५, जनस्वास्थ्य सेवा नियमावली २०७७ तथा स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड (पहिलो संशोधन), २०७७ को दफा ७० को खण्ड (घ) मा उल्लेख गरिए अनुसार अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीहरूको उपचार गर्न यसअघि नै स्वास्थ्य मन्त्री मोहन बस्नेतले निर्देशन दिएका थिए ।

यस्तै, स्वास्थ्य बस्नेतले मन्त्री नियुक्त भएदेखि हालसम्मका उपलब्धि सोमबार सार्वजनिक गरी दुई महिनाको अवधिमा ३ हजार ५२३ जनरल वार्ड निःशुल्क गरेको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप