आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधुमेहका बिरामीले आँप खान सक्छन् ? यो जानकारीले हट्नेछ भ्रम

मङ्गलबार, २६ असार २०८०, १६ : १४
मङ्गलबार, २६ असार २०८०

आँप मन नपराउने मानिस कमै होलान् । यो मौसममा कोहीले निकै मन फुकाएर आँप खाइरहेका होलान् भने कोही रोगका कारण मन बाँधेर पनि बसेका होलान् । आँपमा प्राकृतिक चिनी हुने भएकोले मधुमेहसँग जुधिरहेका मानिसले आँप खानु हुन्छ कि हुँदैन भनेर  निधो गर्न सक्दैनन् । हेल्थलाइन डट कमले मधुमेहका बिरामीले आफ्नो आहारमा आँप समावेश गर्ने कि नगर्ने भन्ने बारे जानकारी दिएको छ । 

ब्लड सुगरमा निकै कम असर पर्ने

यो फलमा फाइबर र विभिन्न खालका एन्टिअक्सिडेन्ट हुन्छ जसले यसको समग्र ब्लड सुगर इफेक्टलाई कम गर्न महत्त्वपूर्ण भूमिका निभाउँछ । यसमा भएको एन्टिअक्सिडेन्टले सुगरको बढ्दो स्तरसँग सम्बन्धित कुनै पनि प्रकारको स्ट्रेसलाई कम गर्न मद्दत गर्छ । यसले तपाईंको शरीरका लागि कार्ब्सको फ्लोलाई म्यानेज गर्न र ब्लड सुगरलाई मेन्टेन गर्न सहज हुन्छ । 

आँपमा हुन्छन् यी पोषक तत्त्व

आँपमा भिटामिन, खनिज र फाइबरले भरपुर हुन्छ । साथै यसमा विभिन्न खालका पोषक तत्त्व पाइन्छन् । १६५ ग्राम आँपमा ९९ क्यालोरी, १.४ ग्राम प्रोटिन, ०.६ ग्राम फ्याट, ३५ ग्राम कार्ब्स, २२.६ ग्राम चिनी, २.६ ग्राम फाइबर, ६७ प्रतिशत भिटामिन सी, २० प्रतिशत कपर, १८ प्रतिशत फोलेट, १० प्रतिशत भिटामिन ए, १० प्रतिशत भिटामिन ई, पोटासियम ६ प्रतिशत, म्याग्नेसियम, क्याल्सियम, फस्फोरस, आइरन र जिङ्क आदि पाइन्छन् ।

यसरी खानामा समावेश गर्नुहोस्

तपाईंलाई मधुमेह छ र आँप असाध्यै मिठो लाग्छ भने यसलाई खानामा समावेश गर्नका लागि केही तरिका अपनाउनुहोस् । आँपलाई बिहानको खाजामा वा बिहानको खानामा समावेश गर्न सक्नुहुन्छ । यसलाई सन्तुलन बनाउनका लागि योसँग उसिनेको अण्डा, पनिरको टुक्रा वा एक मुठ्ठी ड्राइ फ्रुट्स समावेश गर्नुहोस् । 

प्रोटिनयुक्त खानेकुरासँग खानुहुन्छ

फाइबरजस्तै प्रोटिन युक्त चिजसँग आँप खाँदा ब्लड सुगर बढ्ने समस्यालाई कम गर्न मद्दत गर्न सकिन्छ । त्यसैले तपाईं यी फललाई प्रोटिनयुक्त खानेकुरासँग खाएर आफ्नो ब्लड सुगरमा आँपको प्रभावलाई कम गर्न सक्नुहुन्छ ।

सीमित मात्रामा खानुहोस्

आँपलाई केही सीमित मात्रामा मात्रै खानामा समावेश गर्नुहोस् । मधुमेह भएकाहरूले धेरै मात्रामा आँप खानबाट जोगिनुपर्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप