आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अदालत

वारेस राख्न बालेनले दिएको निवेदन सर्वोच्चद्वारा अस्वीकार

मङ्गलबार, २६ असार २०८०, २२ : १३
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा वारेस राख्न बालेन्द्र शाहले दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा व्यक्ति स्वयं उपस्थित हुनुपर्ने भन्दै सर्वोच्चले वारेस राख्ने निवेदन खारेज गरेको हो ।

मंगलबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले बालेन्द्र शाह विपक्षी रहेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा वारेस राखिपाउ भनेर बालेनले निवेदन दिएका थिए । तर अदालतले सो अदालतको अवहेलना मुद्दामा वारेसमार्फत् सुनुवाइ हुनु उचित नरहेको भन्दै बालेनको निवेदन अस्वीकार गरेको हो । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह) ले काडमाडौं महानगरपालिकाभित्र हिन्दी फिल्न चल्न नदिने निर्णयविरुद्ध फिल्म हल सञ्चालकहरुले हालेको रिटमा उच्च अदालत पाटनले हिन्दी फिल्म चल्न र चलाउन रोक नलगाउनु भन्ने आदेश दिएको थियो । सोही आदेशलगत्तै बालेनले राष्ट्र, राष्ट्रियता र स्वाधीनताका सवालमा कुनैपनि अदालतको आदेश वा फैसला नमान्ने अभिव्यक्ति दिएका थिए । 

बालेनको सो अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झा अदालतको अवहेलनामा रिट लिएर सर्वोच्च अदालत पुगेकी थिइन् । सोही प्रकरणमा बालेनविरुद्ध कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको  थियो । सो प्रकरणमा बालेनले लिखित जवाफ बुझाएपछि सर्वोच्च अदालतबाट पेसी तोरेख लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप