एनआरएनए पोल्याण्डको अधिवेशन जुलाई ३० मा हुने
मङ्गलबार, २६ असार २०८०, १७ : ४१
पोल्याण्ड । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोल्याण्डको सातौं राष्ट्रिय अधिवेशन आगामी जुलाई ३० मा हुने भएको छ ।
एनआरएनए पोल्याण्डको आज बसेको बैठकले सो निर्णय गरेको हो । पञ्जिकृत सदस्यता लिनको लागि संघले दुई पटक समय थप गर्दे ५ जुलाई सम्म दिएको थियो।स्वीकृत पञ्जिकृत सदस्यको अन्तिम नामावली छिटै प्रकाशित गरिने अध्यक्ष जीवन केसीले बताए ।
अध्यक्ष केसीका अनुसार अधिवेशनमा कार्य सम्पादन प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिने र आगामी सन् २०२३-२०२५ का लागि नयाँ कार्य समिति चयन गरिने बताए। अधिवेशन गर्न उपयुक्त स्थानको खोजी भइरहेकोले चाँडै सूचनामार्फत जानकारी गराउने उनले बताए।