आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इक्यान : शेषराज भट्टराईको प्यानल घोषणा

मङ्गलबार, २६ असार २०८०, १९ : ५७
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । नेपालको शैक्षिक परामर्श (इक्यान) को अध्यक्षका लागि शेषराज भट्टराईले प्यानसहित उम्मेदवारीको घोषणा गरेका छन् । असार ३० गते हुन गइरहेको इक्यानको महाधिवेशनका लागि भट्टराईले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनको समूहबाट उपाध्यक्षमा गिता सिवाकोटी, दयाराम थापा, श्रीराम पौडेल रहेका छन् । भट्टराईको समूहबाट महासचिवमा हालकै महासचिव दिपकराज भुसाल दोहोरिएका छन् । त्यस्तै सचिवका लागि भावनाथ हुमागाईँ, रत्न बहादुर भट्टराई उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा आशिष कार्की, सहकोषाध्यक्षमा विकल्प राज पौडेल रहेका छन् ।

त्यस्तै सदस्यहरूमा सुवर्ण बस्नेत, उमा खड्का, विजय कुमार बस्नेत, रमेश लुइँटेल, हेमराज थापा र गोविन्द खनाल रहेका छन् ।

उम्मेदवारी घोषणापछि अध्यक्षका उम्मेदवार भट्टराईले सरकारको अस्थिर नीतिका कारण समय समयमा व्यवसायमाथि विभिन्न समस्याहरु सिर्जना भइरहेको र त्यस्ता समस्याको दीर्घकालीन समाधान आफ्नो प्राथमिकतामा रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप