आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इक्यान निर्वाचन : विष्णुहरी पाण्डे समूहको उम्मेदवारी घोषणा

मङ्गलबार, २६ असार २०८०, २० : ००
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ नेतृत्वका लागि विष्णुहरी पाण्डे समूले उम्मेदवारी घोषणा गरेको छ । आगामी शनिवार हुने महाधिवेशनमा पाण्डेले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले पुरै प्यानल नै घोषणा गरेका हुन् ।

उनको समूहबाट उपाध्यक्षमा भुवन क्षेत्री, लक्ष्मण पौडेल (एन्ड्रयु) र प्रकाश श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ । त्यस्तै महासचिवमा वासुदेव दाहाल, सचिवमा फिलिप कुमार डाँगी क्षेत्री र शिव त्रिपाठीले उम्मेदवारी घोषणा गरेका छन्।

त्यस्तै कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देलले उम्मेदवारी घोषणा गरेका छन् । कार्यसमिति सदस्यमा आशिष रायमाझी, सतिन्द्र झा, सुरज सिलवाल, एसपी भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, सुमन शर्मा, श्रीराम गिरी र मञ्जित ढकाल रहेका छन् ।  

प्यानल घोषणापछि पाण्डेले इक्यानलाई गतिशील बनाउने योजना आफूसँग रहेको बताए । यसअघि समेत एक कार्यकाल अध्यक्ष रहिसकेका पाण्डेले त्यो बेला गर्न नसकेका काम अहिले गर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप