समाचार
सीता दाहालको पार्थिव शरीर माओवादी पार्टी कार्यालयमा लगियो
बुधबार, २७ असार २०८०, ११ : १८
१
काठमाडौँ। नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ ।
बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ । जसका लागि अहिले नर्भिक अस्पतालबाट दाहालको पार्थीव शरीर निकालेर पार्टी कार्यालय लगिएको हो । दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने भएको छ ।
दाहालकाे हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो । तस्बिर : कृष्ण खड्का/रातोपाटी