आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यसै वर्ष रिलिज हुने यी हुन् बलिउडका चर्चित फिल्म

बुधबार, २७ असार २०८०, १३ : ०१
बुधबार, २७ असार २०८०

मुम्बई । वर्ष २०२३ बलिउडका लागि विशेष हुने देखिएको छ । ५ सय करोडमा निर्माण भएको चर्चित फिल्म ‘आदिपुरुष’ रिलिज भएको यो बर्ष अझै केही चर्चित फिल्म रिलिज हुनेछन् । ति फिल्म यस्ता छन् । 

‘गदर २’
बलिउड अभिनेता सनी देओल र अमिषा पटेलको बहुप्रतिक्षित फिल्म ‘गदर २’ १५ जुन २०२३ मा रिलिज हुँदैछ । यो २२ वर्षअघि रिलिज भएको फिल्म ‘गदरः एक प्रेम कथा’को सिक्वेल हो । 
‘गदर : एक प्रेम कथा’ सन्नीको करियरको सबैभन्दा ठूलो फिल्म थियो । फिल्म रिलिज भएपछि मानिसहरु ट्रकमा फिल्म हेर्न आउने र टिकट नपाएपछि पटक–पटक हड्ताल गर्ने गरेको अवस्था थियो । त्यतिबेला फिल्मले २५० करोड भारु कमाएको थियो । यो फिल्मको सिक्वेलको लागि १५ वर्षदेखि काम भइरहेको थियो । कथा जहाँ समाप्त भयो त्यहाँबाट सुरु हुनेछ ।े

‘ओएमजी २’ 
अक्षय कुमार अभिनित ‘ओएमजी २’ अक्षयकुमार भगवान शिवको अवतारमा देखिने फिल्म हो । सन् २०१२ मा रिजिल भएको अक्षयको फिल्म ‘ओएमजी’ बक्स अफिसमा सुपरहिट भएको थियो । उक्त फिल्ममा उनले श्रीकृष्णको भूमिका निर्वाह गरेका थिए भने उनको साथमा परेश रावलको पनि अभिनय थियो ।
‘ओएमजी २’ मा भने परेशको ठाउँमा पंकज त्रिपाठीले अभिनय गरेका छन् । फिल्म २०२३ भित्रै रिलिज हुनेछ ।

‘एनिमल’ 
बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ १ डिसेम्बर २०२३ मा रिलिज हुँदैछ । पहिले अगस्ट ११ मा प्रदर्शन हुने भनिएको फिल्म उक्त मितिमा सनी देओल र अमिषा पटेलको ‘गदर २’ र अक्षयकुमारको फिल्म ‘ओ माई गड २’ प्रदर्शन हुने भएपछि सरेको हो ।

सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्म ‘एनिमल’ मा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ । फिल्ममा रश्मिका रणवीरकी श्रीमतीको भूमिकामा देखिनेछिन् भने अनिल कपूर उनको बुवाको भूमिकामा देखिनेछन् । 

‘जवान’ 
शाहरुख खानको नयाँ फिल्म ‘जवान’ सेप्टेम्बर ७ मा रिलिज हुँदैछ । शाहरुखका फ्यानहरू फिल्मको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । 

फिल्मको म्युजिक राइट्स ३६ करोड भारुमा बिक्री भएको छ । जवान फिल्ममा भिएफएक्स अर्थात् स्पेसल इफेक्टमा धेरै पैसा खर्च गरिएको बताइन्छ । फिल्ममा शाहरुखका अलवा अभिनेत्री नयनतारा, विजय सेतुपति र दीपिका पादुकोणको समेत मुख्य भूमिका छ ।

‘रकी और रानीकी प्रेम कहानी’ 
अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म ‘रकी और रानीकी प्रेम कहानी’को ट्रेलर केही अगाडि सार्वजनिक भएको छ । ट्रेलरमा रणवीरलाई सामान्य परिवार छोरा र आलियालाई राज परिवारकी छोरीको रूपमा प्रस्तुत गरिएको छ । 

फिल्ममा रकी र रानीको प्रेम जीवनमा आउने उतार–चढाबलाई समेटिएको छ । करण जोहरले निर्देशन गरेको फिल्ममा रणवीर र आलियासँगै धर्मेन्द्र, जया बच्चन र शबाना आजमीको मुख्य भूमिका छ । यस फिल्ममार्फत करणले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् । फिल्म २८ जुलाई २०२३ मा प्रदर्शन हुनेछ ।

‘ड्रीम गर्ल २’ 

आयुष्मान खुराना अभिनित ‘ड्रीम गर्ल २’ २५ अगष्ट २०२३ मा रिलिज हुँदैछ । फिल्मको निर्देशन राज शान्डिल्यले गरेका हुन् । फिल्ममा अन्नु कपुर, परेश रावल, विजय राज, मनोज जोशी, राजपाल यादव, सीमा पाहवालगायतको अभिनय छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप