पाकिस्तानी पत्रकारको दाबी : प्रधानमन्त्रीलाई प्रश्न गर्दा जागिर गयो
इस्लामाबाद । पाकिस्तानका एक पत्रकारले प्रधानमन्त्री शहबाज शरीफमा देशमा मिडियाको स्वतन्त्रता घट्दै गइरहेको बारे प्रश्न गर्दा आफूलाई जागिरबाट निकालिएको दाबी गरेका छन् । आजम चौधरी नाम गरेका यी पत्रकार पाकिस्तानको सरकारी टिभी च्यानल पीटीभी–पाकिस्तान टेलिभिजन) सँग आबद्ध थिए ।
लोहौर प्रेस क्लबका अध्यक्ष चौधरीका अनुसार ३० जुनमा पञ्जाबको गभर्नर हाउसमा भएको पत्रकार सम्मेलनका दौरान उनले प्रधानमन्त्री शरीफलाई सो प्रश्न सोधेका थिए । त्यतिबेला सरकारका दुई मन्त्री इशाक डार र मरियम औरंगजेब पनि साथमा थिए ।
पाकिस्तानको एआरवाई न्यूजका अनुसार वरिष्ठ पत्रकार चौधरीले शरीफसँग अभिव्यक्तिको स्वतन्त्रताबारे उनको बयान र वास्तविक अवस्थाबीचको फरकबारे प्रश्न गरेका थिए ।
त्यस्तै, द नेशनका अनुसार चौधरीले प्रधानमन्त्रीसँग मिडियामाथि लगाइएको अघोषित प्रतिबन्ध कहिले हट्छ भन्दै प्रश्न गरेका थिए । पाकिस्तानको सूचनामन्त्री मरियम औरंगजेबले उनको दाबीलाई खारेज गरेकी थिइन् ।
उनले एक लामो ट्वीट लेख्दै चौधरी पीटीभीको कर्मचारी नरहेको र मात्र टेलिभिजनको विश्लेषक समूहको हिस्सा रहेको स्पष्ट पारेकी छन् । उनले भनेकी छिन्, ‘उनलाई यो समूहबाट न त हटाइएको छ न त हटाउन भनिएको छ ।’-बीबीसी