आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘ट्रान्सफर फि’ नतिरेपछि साउदी क्लब अल नासर अप्ठ्यारोमा

बुधबार, २७ असार २०८०, १६ : १९
बुधबार, २७ असार २०८०

काठमाडौँ । साउदी अरेबियाको व्यवसायीक लिग क्लब अल नासरलाई नयाँ खेलाडी दर्ता गराउन प्रतिबन्ध लगाइएको छ । चर्चित पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सोही क्लबबाट व्यवसायीक लिग खेल्छन् ।

नाइजेरियाका विंगर अहमद मुसालाई इङ्लिस क्लब लेस्टर सिटीबाट भित्राउँदा तिनुपर्ने शुल्क (ट्रान्सफर फि) पूणर्रुपमा चुक्ता नगरेको कारण देखाउँदै अल नासरलाई नयाँ खेलाडी दर्ता गर्न रोक लगाइएको समाचारमा जनाइएको छ । 

लेस्टर सिटीबाट अरेबियन लिगमा आबद्ध भएका ३० वर्षीय अहमद मुसाले सन् २०१८ देखि सन् २०२० सम्म अल नासरबाट खेलेका थिए । नाइजेरियन राष्ट्रिय टोलीका खेलाडी अहमद मुसाले अल नासर छाडेकै तीन वर्ष पुगिसकेको छ । 

त्यतिबेला अल नासरले अहमद मुसालाई एक करोड ८० लाख अमेरिकी डलरमा भित्राएको थियो । अल नासरबाट खेल्दा अहमद मुसाले आफ्नो क्लबलाई घरेलु लिगको उपाधिसमेत चुमाएका थिए । यस विषयमा अहमद मुसा र लेस्टर सिटीले पनि उजुरी गरेका थिए । 

विश्व फुटबल महासंघ (फिफा) ले यस विषयमा चासो देखाएको छ । पछिल्लो समय अल नासरले रोनाल्डो र मार्सेलो ब्रोजोभिचलाई क्लबमा आबद्ध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप