आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सीता दाहाललाई लागेको दुर्लभ रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी कस्तो हो ?

बुधबार, २७ असार २०८०, १७ : २२
बुधबार, २७ असार २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बुधवार निधन भएको छ ।  उनी लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) द्वारा ग्रसित थिइन । यो रोगलाई निकै दुर्लभ मानिन्छ । आखिर यो रोग कस्तो खालको हो  ? यसबारे जानकारी लिऔँ । 

विशेषज्ञका अनुसार यो रोग विश्व भरी एक लाख व्यक्तिमा ३ देखि ६ जनालाई लाग्छ । यो विशेष गरी ६० वर्ष पार गरेका मानिसलाई लाग्छ । यो स्नायु सम्बन्धी रोग हो । यो रोग लागेपछि बिरामीले आफ्नो शरीर हल्लाउन सक्दैनन्, हिँडडुल गर्न सक्दैन । यो रोग लागेपछि मस्तिष्कको नसा सुक्दै जान्छ । पिएसपी भएपछि डोपामाइन उत्पादन बन्द हुन्छ जसका कारण स्नायु कोष निष्क्रिय हुन्छ । यसले शरीर कडा हुने, काम्ने। सुस्तपन आउने हुन्छ । यो रोग लागेका बिरामीको आँखाको दृष्टिमा असर हुने र बिरामीले तलमाथि, दायाँबायाँ हेर्न सक्दैन । 

वर्ल्ड फेडेरेसन अफ न्युरोलोजीका अनुसार पिएसपीका बिरामीले शारीरिक सन्तुलन गुमाउने गर्छन् । उनीहरू पछाडितिर लड्ने, शरीर दह्रो हुने र पुराना कुरा बिर्सन्छन् । 

कस्ता हुन्छन् लक्षण ?

पिएसपीको समस्या विशेष गरी ६० वर्ष पुरा भएका व्यक्तिलाई बढी हुन्छ । यो रोगबाट महिलाभन्दा पुरुष बढी पीडित हुने तथ्याङ्कले देखाएको छ । 

यसको लक्षण समयसँगै गम्भीर हुँदै जान्छ । सुरुमा यसको लक्षण अन्य रोगजस्तै हुने हुँदा यो रोग पत्ता लगाउन नै मुस्किल हुन्छ । यसका लक्षण यस प्रकारका छन्

– हिँड्न, डुल्न, बोल्न र निल्न कठिन हुन्छ

– लड्ने हो कि भन्ने डर लागिरहेमा

– व्यवहारमा परिवर्तन आउँछ 

– आँखाको चाल नियन्त्रणमा रहँदैन

– मांसपेशी कस्सिन्छ 

– स्मरण शक्ति हराउँदै जान्छ

उपचार विधि

यसको लक्षण पार्किन्सन्ससँग मिल्दोजुल्दो हुने भएकोले यो रोग पत्ता लाग्न समय लाग्छ । मस्तिष्कको स्क्यान गरेर यो रोग लागेको पत्ता लगाउन सकिन्छ । 

पिएसपीको प्रभावकारी उपचारबारे अनुसन्धान भइरहेको छ । सुरुमा औषधी सेवन गर्ने र औषधीले काम नगरे मस्तिष्कको शल्यक्रिया गर्ने गरिन्छ । मुटुमा पेशमेकर राखेजस्तै दिमागमा पनि राखेर यसको उपचार पनि गर्न सकिन्छ । 

पिएसपीद्वारा ग्रसित व्यक्तिको ६ देखि ९ वर्षपछि निधन हुने देखिएको छ । तर यो अवस्था हेरेर फरक हुनसक्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप