रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु
बुधबार, २७ असार २०८०, १९ : २६
रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिका ८ बसबिट्टि जिंगडियाका ५० वर्षीय शेख साह महम्मदको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधबार दिउँसो साढे ३ बजे घरमा खाना पकाउने क्रममा करेन्ट लागेर उनी घाइते भएको थिए ।
प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ओमप्रकास खनालले जानकारी दिए ।
घटनाबारेथप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।