आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चमा रिट

बुधबार, २७ असार २०८०, १९ : ४९
बुधबार, २७ असार २०८०

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ ।

राउतका वकिल टीकाराम भट्टराईका अनुसार उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि बिहीबारलाई पेशी राखिएको छ।

राउत असार २४ गते काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगर उड्नै लाग्दा पक्राउ परेका थिए । 

सरकारी कागजात कीर्तेसहित संगठित अपराधको कसूरमा उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप