एनआरएनए कतारको सचिवमा एकराज कटवालको उम्मेदवारी
बुधबार, २७ असार २०८०, ०३ : ००
कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको सचिवमा एकराज कटवाल (दिनेश) ले उम्मेदवारी दिने भएका छन् । हाल राष्ट्रिय समन्वय परिषद् कतारका सदस्य रहेका कटुवालले सन् २०२३–२०२५ कार्यकालको लागि भने सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
कटवाल सन् २०१३ देखि कतारमा श्रमिकका रूपमा कार्यरत हुँदै नेपाली श्रमिकहरुको हकहितको कार्यमा सक्रिय हुँदै आएका छन् । कतारमा स्थापित सामाजिक संघसंस्थासँग सहकार्य श्रमिकहरुको हकहितमा थप सक्रियताका साथ लाग्ने प्रतिबद्धताका साथ आफूले उम्मेदवारी दिन लागेको उनले बताए ।