जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
बिहीबार, २८ असार २०८०, १२ : १०
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बर्दियामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
राजापुर नगरपालिका-४ भिमापुर घर भई गेरुवा गाउँपालिका-५ लक्ष्मीपुरका ६६ वर्षीय रामफल थारूलाई प्रहरीले पक्राउ गरेको हो । थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी उदयपुरमा पनि ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
चौदण्डीगढी नगरपालिका-६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।