‘मलाई खोज्नु पर्ला’मा रामचन्द्र, शिव र खुशीको अभिनय
बिहीबार, २८ असार २०८०, १४ : ३५
काठमाडौँ । गायक शिव सागर खड्काको स्वर रहेको गीत ‘मलाई खोज्नु पर्ला’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गायक खड्काकै रहेको छ भने एरेन्ज रिकेश गुरुङको छ ।
गीतको भिडियोमा रामचन्द्र अधिकारी, गायक खड्का र खुशी भट्टराइको अभिनय देख्न सकिन्छ । त्यस्तै बालकलाकारको रुपमा प्रनिश पराजुलीले अभिनय गरेकी छन् ।
मुकेश हुमागाइको रहेको छायांकन रहेको भिडियो मिन रावलले सम्पादन गरेका हुन् । संगीत सागर बुर्जाले निर्देशन गरेको भिडियोमा पारिवारिक उतारचढावको विषय समेटिएको छ ।