आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्सेमा १२ अंकको गिरावट, ३ कम्पनीका लगानीकर्ताले कमाए

बिहीबार, २८ असार २०८०, १५ : १४
बिहीबार, २८ असार २०८०

काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १२.६२ अंकको गिरावट आएको  । यससँगै नेप्से परिसूचक २०८४.९३ अंकमा आएर रोकिएको छ । यो ०.६० प्रतिशतको गिरावट हो ।

यसक्रममा आज ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, ५४ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

परिसूचक घटेपनि आज ३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज सबैभन्दा धेरै मूल्य गिरावट आउने कम्पनी पिपुल्स हाइड्रोपावर कम्पनी रहेको छ । यस्तै, सबैभन्दा धेरै सेयर कारोबार शिवम् सिमेन्टको भएको छ । यो कम्पनीको २३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै, आज कारोबारमा आएका तीन समूहको सूचक भने बढेको छ । आज बैंक, होटल र टुरिजम र म्यूचुअल फण्ड समूहको सूचक बढेको हो । यसबाहेक अन्य १० समूहको सूचक भने घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप