आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

बागमती प्रदेशमा उकालो लाग्दै डेंगु, मन्त्रालयसँग छैन नियन्त्रणको योजना

शुक्रबार, २९ असार २०८०, ०६ : २७
शुक्रबार, २९ असार २०८०

हेटाैँडा । बागमतीमा यस वर्षमा पनि डेंगु सङ्क्रमणको जोखिम उच्च रहेको छ । बागमती प्रदेशको १३ जिल्लामा गत जुन महिनासम्ममा ४२ हजार बढी जनामा डेंगु संक्रमण देखिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २०२२ जुलाईदेखि हालसम्म ४२ हजार ७१४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

२०२३ जुन महिनामा मात्र प्रदेश भर ११७ जनामा डेंगु संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी डा. रविन भुषालले जानकारी दिए । मे महिनामा प्रदेशमा २७ जनामा डेंगु सङ्क्रमण देखिएकोेमा एक महिनाको अन्तरालमा ९० जना डेंगु संक्रमित थपिएको छ ।

२०२३ को फेव्रुअरीमा ३० जना डेंगु संक्रमित रहेको बागमतीमा मार्च महिनामा २९ र अप्रिलमा ५२ जनामा संक्रमण देखिएको थियो । त्यसअघि २०२२ जुलाईदेखि २०२३ जनावरीसम्ममा प्रदेशमा ४२ हजार ४५९ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो एक महिना अर्थात् जुनमा प्रदेशका अधिकांश जिल्लामा डेंगु संक्रमण वृद्धि भएको देखिन्छ । प्रदेशको २ जिल्ला बाहेक सबैै जिल्लामा डेंगुका विरामी फेला परेका छन् । 

मन्त्रालयले बढ्दो जोखिमलाई नियन्त्रण गर्न साताको एक दिन सरसफाई र केही जनचेतनामूलक सन्देश प्रवाहका कार्यक्रम अघि सारेको छ । सो बाहेक मन्त्रालयसंग अन्य कुनै पनि कार्यक्रम छैन ।

बकि मे महिनामा प्रदेशको ६ जिल्लामा मात्र डेंगुका विरामी फेला परेको सूचना अधिकारी डा. भुसालले बताए । उक्त महिनामा रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर र ललितपुरमा डेंगुका विरामी फेला परेका थिए भने जुन महिनामा दोलखा र रामेछाप बाहेकका ११ जिल्लामा डेंगुका विरामी भेटिएका थिए । 

मन्त्रालयसँग छैन नियन्त्रणको योजना
डेंगुको बढ्दो दरलाई मध्यनजार गर्दै मन्त्रालयले किटजन्य रोग अनुसन्धान केन्द्र हेटौंडालाई आग्रह गरी अनुसन्धानसमेत गरेको छ । उक्त अनुसन्धानबाट प्रदेशका ५ वटा जिल्लामा डेंगुको उच्च जोखिम रहेको प्रतिवेदन मन्त्रालयलाई उपलब्ध गराइएको छ । सो प्रतिवेदनमा प्रदेशको मकवानपुर, काठमाडौं, चितवन, धादिङ लगायतका जिल्लामा डेंगु संक्रमणको उच्च जोखिम रहेको उल्लेख छ ।

मन्त्रालयले बढ्दो जोखिमलाई नियन्त्रण गर्न साताको एक दिन सरसफाई र केही जनचेतनामूलक सन्देश प्रवाहका कार्यक्रम अघि सारेको छ । सो बाहेक मन्त्रालयसंग अन्य कुनै पनि कार्यक्रम छैन ।

डेंगु नियन्त्रणका लागि मन्त्रालयले संक्रमण फैलिन नदिन लामखुट्टेको स्रोतमा नै रोकथाम गर्ने तयारी गरेको सूचना अधिकारी भुषालले बताए । डेंगु रोगको संक्रमण फैलाउने लामखुट्टे जमेको पानीहरुमा पाइने भएकाले सरसफाई नै नियन्त्रणको उत्तम उपाय भएकाले जिल्लास्थित स्वास्थ्य कार्यालयबाट साताको एक दिन १० मिनेट सरसफाइको कार्यक्रम सञ्चालन भैरहेको उनले बताए । 

अस्पतालहरुमा सीमित बेड रहेकाले प्रदेश सरकारले स्रोतमा नै रोकथामका उपाय अपनाएर विरामीहरुको संख्या न्यून गर्ने तयारी गरेको उनले बताए । विगतमा हुने गरेको डेंगु परीक्षण किट अभावको समस्या समाधान गरी प्रयोगशालाहरुमा उपलब्ध गराइएको उनको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप