आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

शुक्रबार, २९ असार २०८०, ०६ : ५५
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ  । 

बैठकमा विनियोजन विधेयक, २०८०का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ । हिजो राष्ट्रियसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको थियो । 

त्यसैगरी बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने र राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप