आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

विधेयक पारित गर्न एमालेले मत विभाजन मागेपछि फेरियो कार्यसूची

शुक्रबार, २९ असार २०८०, १४ : ०६
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विधेयक पारित गर्न मत विभाजनमा जानुपर्ने एमालेको अडानपछि आजको बैठकको कार्यसूची हेरफेर गरिएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा यसअघि ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ विधेयक पारित गर्ने कार्यसूची तय गरिएको थियो । सो विधेयक पारित गर्ने हो भने मत विभाजनबाट पारित गर्नुपर्ने एमालेले अडान राखेको छ ।

प्रतिनिधसभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको बैठकमा एमालेको अडानपछि सो विधेयकमाथिको कार्यबाही आजको कार्यसूचीबाट हटाइएको छ । त्यसलाई आइतबारको बैठकको कार्यसूचीमा राखिने भएको छ ।  विधेयक पारितका लागि एमालेले मतविभाजन माग्ने भएपछि सत्तापक्ष दलले आफ्ना सबै सांसदहरुलाई अनिवार्य रुपमा आइतबारको बैठकमा उपस्थित गराउने भएका छन् । 

आजको बैठकमा लागि विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई कार्यसूचीमा राखिएको जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।  एमालेले मत विधेयक पारितका लागि मत विभाजन मागेपछि सत्तापक्षका सचेकतहरुले बजेट पारितका लागि मत विभाजन माग्नु ठीकै भएपनि प्रत्येक विधेयक पारितका लागि मत विभाजन नमाग्न आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप