आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१२ करोड सम्पत्ति भएका यी हुन् विश्वकै धनी ‘भिखारी’

शुक्रबार, २९ असार २०८०, १४ : ३०
शुक्रबार, २९ असार २०८०

सडकमा मागेर दिन बिताउने एक ‘भिखारी’ लाई ‘विश्वकै सबैभन्दा धनी माग्ने’ को संज्ञा दिइएको छ । मुम्बईको सडकमा हात फैलाएर बस्ने एक भारतीय पुरुषलाई १२ करोड बढी सम्पत्ति सहित सबैभन्दा धनी माग्ने घोषित गरिएको हो । 

धेरैजसो भिखारीले केही पैसा जोहो गर्न दिनभरि सडकमा मागेर बस्नुपर्छ तर भरत जैनले भने हात फैलाएर मात्रै पनि दिनको २ हजार देखि २५ सय भारु जम्मा गर्ने गर्छन् । जैनले मुम्बईको छत्रपाटी शिवजी महाराज टर्मिनल रेलवे स्टेसन, आजाद मैदानजस्ता मानिसको आवतजावत बढी हुने स्थानमा निकै वर्षदेखि माग्दै आएका छन् ।

अहिले भरत जैनले राम्रै पैसा जम्मा गरिसकेका छन् । उनको कूल सम्पत्ति  ७.५ करोड भारु (१२ करोड रुपैयाँ) रहेको छ । उनीसँग मुम्बईमा लगभग दुई करोडको दुई बेडरुम भएको फ्ल्याट छ । यसका साथै उनीसँग थानेमा दुई वटा पसल पनि छ । त्यसको भाडा प्रति महिना ३० हजार भारु आउँछ ।

उनको मासिक आम्दानी ९६ हजार रुपैयाँ अनुमान गरिएको छ जुन जागिरेहरूले कमाउनेभन्दा निकै धेरै हो ।

इकोनोमिक टाइम्सका अनुसार भरत जैनले पढेका छैनन् । आफ्नो गर्जो उनले मागेरै टार्ने निधो गरे ।  उनका सन्तानले भने उनको पदचाप पछ्याएनन् ।

भरत जैनका सन्तान सबैले आफ्नो शिक्षा पूरा गरिसकेका छन् र जागिर खाइसकेका छन् । जैनको परिवारले उनलाई माग्न छोड्न धेरै पटक भनिसकेका पनि छन् तर उनी प्रत्येक दिन बाटोमा माग्न बस्छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप