आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देशमा अझैपनि भोकमरी छ : केपी ओली

शुक्रबार, २९ असार २०८०, १५ : ५५
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा अहिले पनि भोकमरीको अवस्था रहेको बताएका छन् । 

शुक्रबार मानवअधिकार एलाइन्सले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मानवअधिकारका निम्ति अझै प्रयास गर्नुपर्ने अवस्था रहेको बताए । 

‘हामी सबैले सरकारलाई भन्नुपर्नेछ– निरपेक्ष गरिबिको रेखामुनि अहिलेपनि ठुलो प्रतिशत जनसंख्या छ’, अध्यक्ष ओलीले भने, ‘अहिले पनि देशमा भोकमरी छ । खान नपाएर भोकै मर्ने स्थिति छ यो राज्यले स्वीकार गरेको पनि छ ।’ उनले मानव भएर बाच्न पाउने आधारभूत अधिकार नै प्राप्त हुननसकेको भन्दै मानवअधिकारको जग नै कमजोर रहेको बताए । 

‘जीवन सुरक्षित जिउने कुरामा सम्मानित भएर बाँच्न पाउने अधिकारका लागि हामीले कम्प्रिहेन्सिप डेमोक्रेसी भनेका हौ’, ओलीको भनाइ छ । 

उनले मानवअधिकारको हनन राज्यबाटै हुने गरेको भन्दै सरकारले साइनबोर्ड र प्रणालीमा मात्रै लोकतन्त्र भनेर नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप