आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फर्सीको मुन्टा खाँदा स्वास्थ्यलाई मिल्छ यस्ता ९ फाइदा

शुक्रबार, २९ असार २०८०, १७ : ०५
शुक्रबार, २९ असार २०८०

स्वाद र स्वास्थ्यले भरिपूर्ण फर्सीको तरकारी त धेरैको भान्सामा बनाइन्छ ।  यो औषधीय गुणका लागि पनि परिचित छ । यसको सेवनले शरीरलाई धेरै गम्भीर रोगबाट बचाउन सकिन्छ । एनीसीबीआईको अनुसन्धान अनुसार, फर्सीमा एन्टिडायबेटिक, एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लेमेटरीका साथै अन्य आवश्यक तत्त्व पाइन्छन् । 

तर आज हामी तपाईंलाई फर्सीको मुन्टा खाँदा हुने स्वास्थ्य लाभबारे जानकारी दिँदै छौँ । 

फर्सीको मुन्टाको पोषक तत्त्व

फर्सीको मुन्टामा फाइबर, पोटासियम, भिटामिन ए, भिटामिन सी, फाइटोकेमिकल्स, फ्याटी एसिड आदि प्रशस्त मात्रामा पाइन्छ । यसका साथै यसमा क्याल्सियम, म्यागनीज, भिटामिन बी६ र फस्फोरस पनि पाइन्छ । यी सबै पोषक तत्त्वहरूले शारीरिक र मानसिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।

फर्सीको मुन्टा खानुको फाइदा

१. पिएमएस सिन्ड्रोममा प्रभावकारी

पिएमएस अर्थात् प्रीमेन्स्ट्रुअल सिन्ड्रोम, धेरैजसो महिलालाई यो समस्या हुन्छ । यसका कारण उनीहरुले मुड स्विङ, टाउको दुख्ने, डिप्रेसन र चिडचिडापन जस्ता समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । यसबाट छुटकारा पाउनका लागि महिलाहरूलाई म्यागनीज युक्त खानेकुरा खान सल्लाह दिइन्छ । फर्सीको मुन्टामा म्यागनीज प्रशस्त हुन्छ ।

२. कब्जियतबाट छुटकारा 

खराब दिनचर्याका कारण प्रायः सबैलाई कब्जियतको समस्याले सताएको हुन्छ । फाइबर गुणले भरिपूर्ण फर्सीको मुन्टाको सेवनले यसबाट राहत पाउन सक्नुहुन्छ । यसले दिसालाई नरम पार्नुका साथै दिसा पास गर्न सजिलो बनाउँछ । 

३. घाउ निको पार्न मद्दत गर्छ

तपाईंको घाउ निको हुन धेरै समय लाग्छ ? यस्तो अवस्थामा फर्सीको मुन्टाको सेवनले घाउ छिट्टै निको पार्न मद्दत गर्छ । यसमा पाइने भिटामिन सी घाउ छिट्टै निको पार्न प्रभावकारी हुन्छ । यसका साथै यो छालाको लागि पनि निकै फाइदाजनक हुन्छ ।

४. हड्डी बलियो बनाउँछ 

यदि तपार्इं फर्सीको मुन्टा खानुहुन्छ भने, यसले तपार्इंको शरीरको हड्डीलाई बलियो बनाउँछ । यसको पातमा क्याल्सियम र फस्फोरस प्रचुर मात्रामा पाइन्छ । यी पोषक तत्त्वहरूले तपाईंको हड्डी बलियो बनाउनुका साथै दाँतको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसको सेवनले जोर्नी र हड्डीको दुखाइबाट पनि राहत मिल्छ ।

५. रक्तअल्पत्ताको जोखिम कम गर्छ 

फर्सीको मुन्टामा फलामको राम्रो मात्रा हुन्छ । यसको सेवन महिला तथा बालबालिकाका लागि निकै लाभदायक मानिन्छ । यसलाई आफ्नो आहारमा समावेश गर्नुहोस् । यसो गर्नाले रक्तअल्पत्ताबाट बच्न सकिन्छ । 

६. क्यान्सर रोक्न मद्दत गर्छ

फर्सीको मुन्टामा राम्रो मात्रामा फाइबर पाइन्छ, जसका कारण पछिल्ला तीन दशकको अनुसन्धानले यसमा पाइने फाइबरले कोलोन क्यान्सरलाई कम गर्ने देखाएको छ । फर्सीको मुन्टा नियमित रूपमा खान सकिन्छ र यसको सूप पनि धेरै लाभदायक हुन सक्छ । 

७. मुटु स्वस्थ राख्छ 

पोटासियम गुणले भरिपूर्ण फर्सीको मुन्टाको सेवन मुटुसम्बन्धी रोगका लागि निकै फाइदाजनक हुन्छ । यो अनियमित हृदयाघात रोक्न सक्षम छ । यस बाहेक फर्सीको मुन्टा खाँदा स्ट्रोकको खतरा कम हुन्छ ।

८. कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ

फर्सीको मुन्टामा घुलनशील फाइबरको मात्रा पाइन्छ । यदि तपार्इं यसलाई धेरै मात्रामा खानुहुन्छ भने, यसले सानो आन्द्राबाट कोलेस्ट्रोल र पित्त एसिडको अवशोषण कम गर्छ । यसरी यसले रगतबाट कोलेस्ट्रोलको मात्रा घटाउन पनि मद्दत गर्छ ।

९. शरीरको प्रतिरक्षा बढाउँछ 

शरीरको प्रतिरक्षा शक्ति बढाउन चाहनेले नियमित रूपमा सीमित मात्रामा फर्सीको मुन्टाको खान सक्नुहुन्छ । यसमा आइरन पाइन्छ, जसले शरीरमा रोगसँग लड्ने क्षमतालाई मजबुत बनाउँछ । यसका साथै यसमा भिटामिन ए पाइन्छ, जसले आँखाको ज्योति बढाउँछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप