आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि पुनः बस्ने

शुक्रबार, २९ असार २०८०, १९ : ३५
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोलि पुनः बस्ने भएको छ । 

शुक्रबार र शनिबार दुई दिनका लागि बोलाइएको बैठकमा शुक्रबार सात जना नेताहरुले आफ्नो धारणा राखेका छन् । शनिबार अन्य नेताहरुले धारणा राख्ने पार्टीले जनाएको छ ।

शुक्रबार धारणा राख्ने नेतामा उपाध्यक्षहरु राजेन्द्र पाण्डे, बेदुराम भुसाल, प्रमेश  हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई  र सचिवालय सदस्य रामचन्द्र झा रहेका छन् । 

दुई दिनसम्म चल्ने बैठकमा पार्टीको संगठन सुदृढीकरणका विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् । यस्तै वर्तमान परिस्थिति र पार्टीको कार्यभारका बारेमा पनि छलफल भइरहेको छ । 

यस्तै बैठकमा आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्यविभाजन र कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी र विभागहरुको कामको व्यवस्थापन नेताहरुले आफ्नो धारणा राखिरहेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप