आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर भारतमा दश जनाको मृत्यु

शुक्रबार, २९ असार २०८०, २१ : १२
शुक्रबार, २९ असार २०८०

नयाँदिल्ली । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ ।  बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । 

चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन् ।

गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । 

प्रत्येक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ । सन् २०२२ मा भारतभर चट्याङका कारण नौ सय सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।- (रासस /सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप