गजल
शनिबार, ३० असार २०८०, १० : ५६
कसले भन्यो पागल भएर मान्छे गजलकार बन्छ
खुकुरी भुत्तिन्छ हिर्काए पत्थरमा, घोटे धार बन्छ
फगत प्रेम रहेछ सम्बन्ध अरू केही हैन रहेछ बा
भोग्ने मौका पाए कसरी धर्म पुत्र अंशियार बन्छ
राजाकै सन्तान पनि भिखारी बन्न सक्छ हेर्नुस्
यहाँ कङ्गाल पनि व्यवहार सिकेर सरदार बन्छ
लालचले निन्द्रा नलाग्न सक्छ महँगो बिस्तारामा
सन्तोकले भुईमै सुत्न सकिन्छ झुपडी दरबार बन्छ
आफन्तहरूबाट केही लिएर के उल्लास मनाउनु खै
अन्ततः आफ्नाहरू माथिको विजय पनि हार बन्छ