अब त फिर्ता गर लालपुर्जा
शनिबार, ३० असार २०८०, १२ : २५
साँवाको दसौँ गुणा ब्याज तिर्दा पनि
कहिले नच्यातिने, गरिबका ती तमसुकहरू
कहिले फिर्ता नदिने, गरिबले राखेका धितोहरू
तिमी हौ मिटरब्याजी, तिमी हौ ब्याजखोरी
जुका हौ तिमी, गरिब जनताको रगत चुस्ने
तिम्रो भुँडी पनि कत्रो, कहिले नभर्ने
तिम्रो मुख पनि कत्रो, कहिले नअघाउने
न त छ तिमीलाई, कुनै पापको डर
लाग्छ तिमी, कहिले पनि मर्न नपर्ने हो कि ?
कतै मर्दा साथ पो लाने हो कि सबै सम्पत्तिहरू
अति गर तर अचाक्ली नगर तिमी
गरिबको आँसुको पाप लाग्छ, तिमीलाई
अब त फिर्ता गर, गरिबका ती सबै लालपुर्जाहरू
अनि अब त च्यात, गरिबसँग गरेका ती तमासुकहरु
तब पो आशिष् लाग्नेछ तिमीलाई गरिबको ।