आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा सांसदलाई ५ करोड दिने सहमति, बजेटमाथिको विरोध मत्थर

शनिबार, ३० असार २०८०, १५ : ४०
शनिबार, ३० असार २०८०

धनगढी । सुदूरपश्चिम प्रदेशमा सांसदको प्रत्यक्ष निगरानीमा कार्यान्वयन हुने सांसद विकास कोषको रकम बढाउने सहमति भएपछि बजेटमाथिको विरोध मत्थर हुने देखिएको छ । प्रदेशसभामा प्रस्तुत बजेटमा सत्ता पक्षबाटै तीव्र असन्तुष्टि चुलिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सांसद विकास कोषको बजेटलाई ३ करोडबाट ५ करोड पुर्याउने सहमति गरेका छन् । उक्त सहमति पछि बजेटमाथिको विरोध मत्थर हुने देखिएको हो ।

बजेटको निकासबारे मुख्यमन्त्री शाहले आज सत्तारुढ दलको बैठक राखेका थिए । बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले सांसद विकास कोषको रकमलाई थप गरी ५ करोड पुर्याउने सहमति भएको जानकारी दिए । त्यसका लागि सरकारले तत्काल संशोधन विधेयक ल्याउने तयारी पनि गरेको चौधरीले बताए । साथै बजेटमा रहेका अनावश्यक योजना कटौती तथा आवश्यक योजना थप गर्ने पनि उनको भनाइ छ ।

सत्तारुढ ३ दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टीले बजेट छलफल अघि नै यथास्थितिमा बजेटलाई समर्थन गर्न नसकिने निर्णय समेत गरेका थिए । तर अब सो सहमतिपछि बजेट पारित हुने बाटो समेत खुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप