आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुस्कुराउछौ सधैँ भरी

शनिबार, ३० असार २०८०, १६ : २३
शनिबार, ३० असार २०८०

अँध्यारो हुन्थ्यो जीवन
नपाए तिम्रो दीक्षा
सिक्दैछु तिमीसँग
मागी सन्यासको भिक्षा ।
नमन गर्छु तिमीलाई
यी दश औंला जोडेर
सधैँ आदर मनमा
हिँड्ने छैन बाटो मोडेर ।
प्रज्ञाको ज्योति बल्दा
झलमल्ल सधैँ भरी
हावा लागेर के हुन्छ र ?
यो निभ्दैन कसै गरी ।
महासागर भन्दा
ज्ञान सागर व्यापक
प्रज्ञाको खेतबारी यो
बनाउनु छ सार्थक ।

जिन्दगीको बसुन्धरामा
ज्ञानको मुल फुर्दछ
तिमीलाई सामु पाएर
शीर यो मेरो झुक्दछ ।
गुरुवाणीहरु लाग्छन् 
बह्मनाद सनातन
गुरु नै ब्यक्ति हुन
एक इश्वर सहोदर ।
कसरी दिउँ शब्द छैन
धन्यवाद म तिमीलाई
तिम्रो यो मालाले मेरो
चिनारी हुन्छ सधँै भरी ।
गुरुको याद मिट्दैन
सृष्टि अत्य भए पनि
निद्रामा पनि तिमी नै छौ
मुस्कुराउँछौ सधैँ भरी ।

बकैया–९, मकवानपुर 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शालिकराम घले
शालिकराम घले
लेखकबाट थप