आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाको विधान अनुमोदन, पर्सामा प्रशिक्षण केन्द्र खोल्ने निर्णय

शनिबार, ३० असार २०८०, २१ : ०७
शनिबार, ३० असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशनबाट तयार गरेको पार्टीको विधानलाई अनुमोदन गरेको छ । शनिबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले विधान अनुमोदन गरेको हो ।

असार १० गतेदेखि १२ गतेसम्म काठमाडौँमा भएको विधान अधिवेशनमा विधानको मस्यौदामाथि छलफल भएको थियो । छलफलमा उठेका विषयलाई समेटेर अन्तिम रुप दिन पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा एक समिति बनेको थियो ।

सो समितिले विधानलाई अन्तिम रुप दिइ शनिवार बसेको कार्यकारिणी समितिको बैठकमा पेस गरेको थियो । त्यसलाई छलफलमार्फत अनुमोदन गरेको पार्टीका कार्यकारिणी सदस्य गोविन्द चौधरीले बताए । ‘विधानमाथि छलफल गरी त्यसलाई अनुमोदन गरिएको छ ।

अध्यक्ष यादवले त्यसलाई निर्वाचन आयोगमा पठाएपछि मात्र त्यो प्रमाणीकरण हुन्छ । निर्वाचन आयोगबाट प्रमाणीकरण भएर आएपछि मात्र कार्यान्वयनमा आउने छ’ उनले भने । बैठकमा वीरगञ्जमा रहेको पार्टीको नाममा रहेको पाँच कठ्ठा जमिनको बारेमा पनि छलफल भएको छ ।

वीरगञ्जको सो जमिन तत्कालीन मधेशी जनअधिकार फोरमको नाममा रहेको छ । त्यसलाई जनता समाजवादी पार्टीको नाममा ल्याउने निर्णय भएको छ । सो जमिन जसपाको नाममा आइसकेपछि त्यहाँ पार्टीको प्रशिक्षण केन्द्र खोल्ने निर्णय समेत बैठकमा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप