आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

शनिबार, ३० असार २०८०, २२ : ५६
शनिबार, ३० असार २०८०

धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पारित भएको छ । शनिबार राति बसेको सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनको २१ औं बैठकबाट बजेट पारित भएको हो । स्वतन्त्र सांसद र एमालेको अनुपस्थिति तथा राप्रपाको सहभागितामा सुदूरपश्चिम प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि तयार पारेको बजेट पारित भएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको कुल बजेट २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँ बजेट ल्याएको छ ।

राप्रपाकी विष्टलाई लेखाको सभापति बनाउने सहमति

यसैबीच मुख्यमन्त्री कमलबहादुर शाहले राप्रपाकी प्रदेशसभा सदस्य खेमादेवी बिष्टलाई सार्वजनिक लेखा समितिको सभापति बनाउने सहमति गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र स्वतन्त्र प्रदेशसभा सदस्यले बजेट पास गर्नका लागि बोलाइएको प्रदेशसभा बैठक बहिस्कार गरेपछि विष्टलाई सार्वजनिक लेखा समिति सभापति बनाउने सहमति गरी बैठकमा उपस्थित गराइएको छ ।

प्रतिपक्ष विना बैठक राखेर बजेट पास गर्दा नैतिक प्रश्न उठ्ने भएपछि राप्रपा कि विष्टलाई अनुरोध गरेर नै प्रदेशसभा बैठकमा बोलाइएको हो । स्रोतका अनुसार मुख्यमन्त्री शाहले प्रदेशसभा सदस्य विष्ट र राप्रपाका छत्र शाहीलाई भेटेर समितिको सभापति बनाउने बचन दिएका छन् । समितिको सभापतिका विषयमा केन्द्रीय अध्यक्ष राजेन्द्र लिंग्देन र प्रदेश अध्यक्षलाई पनि सहमत गराइएको बताइन्छ ।

सामान्यतया सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षलाई दिने चलन छ । एमालेले प्रदेश सभा बहिस्कार गरेकोले राप्रपालाई सभापति बनाउने नीति सरकारले अख्तियार गरेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप