आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म्युजिकल सिनेमा ‘समलिङ्गी’ सार्वजनिक

आइतबार, ३१ असार २०८०, ०९ : ५५
आइतबार, ३१ असार २०८०

काठमाडौँ । नेपाली गीत सङ्गीत बजारमा नयाँ प्रकारको “समलिङ्गी” नामक  म्युजिकल सिनेमा सार्वजनिक छ ।  हालसम्म निस्केको र  बनेको भन्दा फरक कथा र विषय समेटेर भिडियो बनाइएको  निर्माण पक्षको दाबी छ।

शिरिशा पौडेलको शब्द, भीम बिसीको सङ्गीत तथा समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् । दीपशिखा खड्का र सृष्टि खड्का फिचरिङ उक्त भिडियोको सिलन लम्सालले सम्पादन गरेका छन्।

सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक वसन्त सापकोटाले यो म्युजिकल भिडियोमा भने आफू क्रीएटिभ डाइरेक्टरका रूपमा काम गरेका बताए । भिडियोलाई दीपशिखा खड्काले निर्देशन गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप