आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्लस टु प्रोफाइल

रिलायन्स कलेज : संसारमा जहाँ सुकै काम गरेर खान सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य

आइतबार, ३१ असार २०८०, १० : ३४
आइतबार, ३१ असार २०८०

काठमाडौँ । विगत ३० वर्षदेखि शैक्षिक क्षेत्रको अग्रणी संस्था हो रिलायन्स इन्टरनेसनल एकेडेमी । 

चाबहिल सरस्वतीनगरमा २०५० सालमा रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गत स्थापित यो एकेडेमीमा प्ले ग्रुपदेखि मास्टरसम्मका शैक्षिक कार्यक्रम सञ्चालित छन् । 

सुरुमा नेटवर्कभित्र रिलायन्स इन्टरनेसनल एकेडेमी भनेर कपनमा खोलिएको थियो । त्यसपछि २०६० सालमा प्लस टुका कक्षाहरू सञ्चालन हुन थाले भने २०६५ सालबाट त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर रिलायन्स कलेज सञ्चालनमा आएको हो । 

IMG_2817

यहाँ ब्याचलरको हकमा बीबीएस, बीसीए, बीए तथा बीएसडब्लूका कार्यक्रम सञ्चालनमा छन् । भने मास्टरको हकमा एमबीएसका कक्षा सञ्चालन हुँदै आएका छन् । 

प्लस टुको हकमा चारवटा सङ्कायमा पठनपाठन हुँदै आएको छ । जसमा साइन्स, म्यानेजमेन्ट, ह्युमनिटिज र लका कार्यक्रम रहेका छन् । 

तत्कालीन समयमा उच्च माध्यमिक शिक्षा परिषद्बाट दुई पटक उत्कृष्ट नतिजा निकालेको भन्दै पुरस्कृत गरिएको थियो । 

PKS_6723

रिलायन्स इन्टरनेसल एकेडेमी २०७० सालको एसएलसीमा बोर्ड फस्ट भएको थियो भने २०७६ सालमा नेपालको उत्कृष्ट स्कुल भन्दै नेपाल सरकारले पुरस्कारसमेत प्रदान गरेको थियो । 

रिलायन्समा विषयगत ज्ञानसँगसँगै विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यासमा बढी केन्द्रित गराइन्छ । 

रिलायन्सका अध्यक्ष तथा प्रिन्सिपल रवीन्द्र जङ्ग थापाले विद्यार्थीहरूलाई पढ्नका लागि भन्दा पनि भविष्य निर्माणलाई लक्षित गरेर पठनपाठन गराउँदै आएको बताए । 

PKS_6789

साइन्स पढ्ने विद्यार्थीलाई भविष्यमा मेडिकल तथा इन्जिनियरिङ पढ्नका लागि सहज हुने गरी पढाइन्छ । 

‘साइन्स पढ्ने चाहिँ मेडिकलको तयारी गर्ने विद्यार्थीहरू, इन्जिनियरिङ पढ्नेहरू कम्प्युटर लिएर पढेका हुन्छन् । प्सल टु पास गरिसकेपछि मेडिकल र इन्जिनियरिङ पढ्नका लागि कक्षा ११ बाटै अतिरिक्त क्रियाकलाप सुरु हुन्छ,’ थापाले भने । 

त्यस्तै म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई होटल म्यानेजमेन्ट, चार्टर एकाउन्टेन बनाउने गरी त्यही आधारमा पठनपाठन गराउँदै आएको उनको भनाइ छ । 

ह्युमनिटिज र लका विद्यार्थीलाई समेत विभिन्न अदालतमा भिजिट गराउने, सामाजिक कार्यमा सक्रिय गराउने जस्ता क्रियाकलापसमेत गराइन्छ । प्राक्टिकल र थ्योरीलाई सँगसँगै लगिरहेको उनको भनाइ छ । यस्तो गर्दा मूल पढाइलाई सहयोग पुग्ने भएकाले यो निकै प्रभावकारी बनिरहेको छ । 

PKS_7103

रिलायन्स नै किन ?

अहिले हजारौँ शैक्षिक संस्थाहरूको भीडमा एउटा अब्बल हो रिलायन्स । विद्यार्थीहरूले रिलायन्स नै रोज्नुका थुप्रै कारण छन् । जसमा एफोर्टेबल फी अर्थात् विद्यार्थीले तिर्न सक्ने शुल्क हो । त्यस्तै गुणस्तरी शिक्षासँग रिलायन्सले कुनै पनि सम्झौता गर्दैन । विद्यार्थीलाई कसरी गुणस्तरी शिक्षा दिने भन्ने विषयमा सिङ्गो रिलायन्स परिवार अहोरात्र खटिएर लागेको हुन्छ । 

११ र १२ को पढाइ भनेको उच्च शिक्षाका लागि तयारीको ढोका हो । उच्च शिक्षा अध्ययनका लागि प्लस टुको शिक्षा बलियो हुनुपर्छ । जुन शिक्षा रिलायन्सले दिन्छ । 

PKS_6629

दुई वर्ष पढेर के कुरामा आफ्नो करिअर बनाउन सकिन्छ भन्ने कुरा विद्यार्थीले एउटा रोडम्याप बनाइसकेका हुन्छन् । जुन रिलायन्सले प्रदान गर्ग । 

रिलायन्स आफैँमा ३० वर्षे इतिहास बोकेको शैक्षिक संस्था हो । स्थापनाकालदेखि अहिलेसम्म उत्कृष्ट नतिजा निकाल्दै आएको छ । 

यहाँ धेरै विषय छनोटको विकल्प पनि रहन्छ । विद्यार्थीले आफ्नो स्कोर र क्षमताको आधारमा आफूले पढ्न चाहेको र पढ्न सक्ने विषय पढ्न पाउँछन् । 

DSC_8866

रिलायन्सको ४ कुरामा जोड : 

पहिलो– एकेडेमिक डेभलपमेन्ट । 

दोस्रो– अतिरिक्ति क्रियाकलाप ।

तेस्रो– कल्चरल डेभलपमेन्ट ।

चौथो– रिसर्च र पब्लिकेसनमा जोड । 

रिलायन्सले एकेडेमिक क्रियाकलापअन्तर्गत ४ कुरामा विशेष जोड दिने गरेको छ । 

यसमा पहिलो कुरा भनेको ‘एकेडेमिक डेभ्लपमेन्ट’ हो । २ वर्ष पढिसकेपछि विद्यार्थीको नतिजा राम्रो हुनुपर्छ भन्ने हो । ‘कमजोर विद्यार्थी छन्, भने राम्रो बनाउनुपर्ने । राम्रो छन्, अझ राम्रो बनाउने । कमजोर विद्यार्थी छन् भने अतिरिक्त कक्षा सञ्चालन गर्ने गरिन्छ,’ प्रिन्सिपल थापाले भने । 

त्यस्तै दोस्रो कुरा भनेको विद्यार्थीहरूभित्र रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्नु हो । ‘विद्यार्थीहरू केही न केही अतिरिक्त क्रियाकलाप बोकेर आएका हुन्छन् । अतिरिक्त क्रियाकलापमार्फत उनीहरूको प्रतिभालाई प्रस्फुटन गर्नतर्फ ध्यान दिन्छौँ,’ प्रिन्सिपल थापाले भने । 

तेस्रो भनेको विद्यार्थीलाई अनुशासित बनाउनु हो । ‘कल्चरल रूपमा कसरी अनुशासित बनाउन सकिन्छ । अनुशासनलाई स्वभावमा कसरी परिवर्तन गराउन सकिन्छ,’ उनले भने, ‘अन्ततः २ वर्ष यहाँ बसेर आफ्नो व्यवहारमा कसरी परिवर्तन गराउन सकिन्छ भन्ने कुरामा हामी जोड दिन्छौँ । भोलि गएर असल नागरिक भएर कुनै पनि पेसामा गएर सभ्य बन्न सकोस् भन्नेतिर हाम्रो जोड रहन्छ ।’ 

चौथो कुरा भनेको पढाइसँग रिसर्च एन्ड पब्लिकेसनमा ध्यान दिइन्छ । ‘कक्षाकोठामा हुने पढाइसँगसँगै अतिरिक्त कक्षा सञ्चानल गरेर । प्रोजेक्ट वर्क गराएर, ग्रुप डिसकस गराएर । पब्लिकेसन तथा रिसर्चहरूमा पनि ध्यान दिन्छौँ’  उनले भने । 

PKS_6629

दुई वर्ष पढेर गएको विद्यार्थीले एकेडेमिक क्वालिफिकेसन सँगसँगै धेरै सिकेर जाने गरेको थापाको भनाइ छ । 

‘२ वर्षको बिचमा आफ्नोभित्रको प्रतिभालाई प्रष्फुटन गर्ने मौका पाउँछ । त्यस्तै भोलि कुन पेसामा जाने, कुन कुरामा मैले फोकस गर्ने भन्ने कुरामा यहाँ प्रष्ट भएर जान्छन् । यहाँ पढिसकेपछि उच्च शिक्षा कहाँ पढ्नुपर्छ ? कस्तो संस्थामा पढ्नुपर्छ ? त्यसको महत्त्व के हुन्छ भन्ने कुरा हामी बुझाउँछौँ’ उनले भने ।  

भौतिक संरचनामा अब्बल :

शैक्षिक संस्था सञ्चालनका लागि राम्रो पूर्वाधार पनि अपरिहार्य छ । जुन रिलायन्ससँग रहेको छ । भौतिक पूर्वाधारका हकमा लाइबे्ररी, ल्याब, गाडी, होस्टेललगायतको व्यवस्था रहेको छ । विद्यार्थीहरूलाई बस्नका लागि होस्टेलको व्यवस्थासमेत छ । होस्टेलमा समेत विभिन्न क्रियाकलाप हुन्छन् । 

PKS_6557

‘विद्यार्थी क्लासभित्र छिरिसकेपछि प्रत्येक समयमा केही न केही सिक्ने कुरा र समय वितेको थाहा नै नपाउने गरी पूर्वाधारको व्यवस्था मिलाइएको छ । जसले गर्दा क्वालिटीमा अहिलेसम्म उत्कृष्ट प्सल टुको रूपमा कायम रहन सकेका छौँ ।’ उनले भने ।  

DSC_8989

प्रयाप्त छात्रवृत्ति : 

कुनै विद्यार्थी पढाइ राम्रो छ तर आर्थिक अवस्था कमजोर भएर पढ्नबाट वञ्चित छ भने त्यसका लागि थुप्रै अवसर हुन्छन् । त्यस्ता विद्यार्थीलाई रिलायन्सले छात्रवृत्ति प्रदान गर्दै आएको छ । 

राम्रो पढ्ने विद्यार्थीलाई थुप्रै खालको प्रोत्साहन गरिँदै आएको छ । सरकारले अनिवार्य गराएको १० प्रतिशत छात्रवृत्ति विद्यार्थीले पाउने गरेका छन् । 

रिलायन्समा पढ्न ७७ वटै जिल्लाका विद्यार्थी आउँछन् । विद्यार्थीहरूले रिलायन्समा पढ्न सक्न पाउनु आफ्नो ड्रिम नै बनाएका हुन्छन् । 

DSC_9422

‘सबै विद्यार्थीको ड्रिम नै म रिलायन्स नै पढ्छु भन्ने हुन्छ । काठमाडौँभित्र र बाहिरका समेत विद्यार्थीले रिलायन्सलाई ड्रिम बनाउने गरेका छन्,’ उनले भने । 

‘वर्ल्ड  निड्स यु’ भन्ने रिलायन्सको थिम हो । यसको अर्थ अहिलेको शिक्षा राष्ट्रलाई, समाजलाई भन्दा पनि ग्लोबललाई नै आवश्यक पर्छ । 

PKS_6983

‘अहिलेको समयमा हामीले दिने शिक्षा भनेको राष्ट्रलाई समाजलाई भन्दा पनि ग्लोबललाई नै दिने कुरा हो । ग्लोबल सिटिजन हुने कुरा हो,’ थापाले भने, ‘संसारमा जहाँ सुकै काम गरेर खान सक्ने, जुनसुकै समाजमा काम गरेर खान सक्ने मान्छे विकास गर्ने हाम्रो चाहना हो ।’

यहाँ पढेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । जहाँ उनीहरूले राम्रो काम गर्दै आएका छन् । 

नेटवर्कभित्र ५ हजार ५०० भन्दा बढी विद्यार्थी छन् । ५०० भन्दा बढी शिक्षक तथा कर्मचारी छन् । 

PKS_7367

सङ्क्षिप्तमा रिलायन्स : 

स्थापना : २०५० सालमा । 

स्थान : सरस्वतीनगर चाबहिल । 

पढाइ हुने सङ्काय : 

प्लसटुको हकमा : साइन्स, म्यानेजमेन्ट, ह्युमनिटिज र ल । 

ब्याचलरको हकमा : बीबीएस, बीसीए, बीए र बीएसडब्लू । 

मास्टर्सका हकमा : एमबीएस । 

शुल्क : विद्यार्थी तथा अभिभावकले तिर्न सक्ने औसत शुल्क । 

विद्यार्थी सङ्ख्या : ५ हजार ५०० । 

नेटवर्कभित्रका संस्थाहरू : रिलायन्स इन्टरनेसनल एकेडेमी (आरआईए), रिलायन्स कलेज, रिलायन्स पब्लिक स्कुल (आरपीएस), रिलायन्स को–एड स्कुल (आरसीएस) र रिलायन्स किड्स होम (आरकेएच) ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप