आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन्स लाइफको आईपीओमा आवेदन खुल्यो

आइतबार, ३१ असार २०८०, १० : ४९
आइतबार, ३१ असार २०८०

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । साउन १४ गतेसम्म आवेदन दिन सकिने यस आईपीओ वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर खुलाइएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि ११ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुलाएको जनाएको छ । लाईफले १०० रुपैयाँको आईपीओमा १४४ रुपैयाँ थपेर २४४ रुपैयाँ प्रतिकित्तामा आईपीओ बिक्री गर्नेछ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी क्यापिटल रहेको छ । कम्पनीको जारी पूँजी तीन अर्ब पचहत्तर करोडमध्ये ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणलाई बिक्री गरिनेछ । यसमध्ये १ अर्ब १२ करोड पचास लाखको ५ प्रतिशत सेयर कर्मचारीलाई बिक्री गरिनेछ ।

यस्तै, १ अर्ब ६ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर प्रिमियम मूल्यमा बिक्री गरिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप