आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

आइतबार, ३१ असार २०८०, १० : ५४
आइतबार, ३१ असार २०८०

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअुनसार गत साताको शुक्रबारको तुलनामा आज मूल्य घटेर सुन कारोबार भइरहेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम थियो । जुन, आज तोलामा ३०० रुपैयाँको गिरावटपछि कारोबारमा आएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर कारोबारमा आएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ  महासंघले गत साताको शुक्रबारको तुलनामा आज मूल्य स्थिर रहेको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप