आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको बैठक बस्दै, मिटरब्याजी विरुद्धको विधेयक पारित गर्ने कार्यसूची

आइतबार, ३१ असार २०८०, ११ : १२
आइतबार, ३१ असार २०८०

काठमाडौँ । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । यसअघिको बैठकमा कार्यसूचीबाट हटाइएको मिटरव्याजी बिरुद्धको बिधेयक ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ लाई बैठकको कार्यसूचीमा राखिएको छ । कार्यसूचीमा सो विधेयक पारित गर्ने कार्यसूची रहेको छ । असार २९ गते शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयक कार्यसूचीबाट हटाइएपछि राष्ट्रिय स्वतन्त्र पार्टी असन्तुष्टि ब्यक्त गर्दै आजको बैठकको कार्यसूचीमा नराखे संसद अवरोध गर्ने चेतावनी दिएको थियो । 

कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले राष्ट्रिय सभामा उत्पत्ति भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने र मन्त्री गुरुङले सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।

karyasuchi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप