आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नयाँ आर्थिक वर्षको पहिलो दिन राष्ट्र बैंकले १७ अर्ब १७ करोडको ट्रेजरी बोलकबोल गर्ने

आइतबार, ३१ असार २०८०, १४ : ११
आइतबार, ३१ असार २०८०

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन नेपाल राष्ट्र बैंकले १७ अर्ब १७ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले नयाँ आर्थिक वर्षका लागि आन्तरिक ऋण व्यवस्थापनका लागि पुरानो ट्रेजरी नवीकरण गर्ने भएको हो । 

सूचना अनुसार २८ दिने र ९१ दिने गरी कूल १७ अर्ब १७ करोड रुपैयाँ पुरानो ट्रेजरी बिलको मंगलबार अर्थात् २०८० साउन २ गते नवीकरण हुनेछ । उक्त ट्रेजरीको बोलकबोल भने  सोमबार अर्थात् नयाँ आर्थिक वर्षको पहिलो दिन साउन १ गते हुनेछ ।

यसअघि केन्द्रीय बैंकले असार २५ गते २७ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप