आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर्थिक वर्षको अन्तिम दिन नेप्से सूचक दोहोरो अंकले बढ्यो, २ अर्ब ३७ करोडको कारोबार

आइतबार, ३१ असार २०८०, १५ : ५५
आइतबार, ३१ असार २०८०

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम दिन नेप्से सूचक दोहोरो अंकले बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन तर आर्थिक वर्ष २०७९/८० को अन्तिम दिन आइतबार नेप्से सूचक १२.१६ अंकले बढ्दै २ हजार ९७.०९ अंकको विन्दुमा अडिएको हो । 

१२ अंकमाथिले नेप्से सूचक बढेको यस दिन कूल २ अर्ब ३७ करोड ६४ लाख २७ हजार रुपैयाँ बराबरको ७१ लाख ८४ हजार कित्ता सेयर बजारमा किनबेच भएको छ । 

आज बैंकिङ, डेभलपमेन्ट बैंक, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् । आज सबैभन्दा बढी म्युचुअल फन्डको उपसूचक २.०६ प्रतिशतले बढेको छ । 

सनराइज फोकस इक्युटी फनडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने लिवर्टी इनर्जीको सेयर मूल्य ५.९६ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप