आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घोराही सिमेन्टको आईपीओ बाँडफाँट - कसले कति पाए ?

आइतबार, ३१ असार २०८०, १६ : १५
आइतबार, ३१ असार २०८०

काठमाडौँ । घोराही सिमेन्ट लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्टले आज आईपीओ बाँडफाँट गरेको हो । 

कम्पनीले आईपीओमा यही असार २५ गतेसम्म आवेदन खुलाइएको थियो । जसमा ५ लाख ५७ हजार ७०१ जनाको भ्यालिड आबेदन परेको थियो । उक्त समयमा ७७ लाख ९३ हजार ७१० कित्ता सेयरको लागि आवेदन परेको थियो । 

यसमध्ये १० देखि ७० कित्ता सेयर माग गर्ने आवेदकले सोहीअनुसारको आईपीओ पाएका छन् । यस्तै ८० देखि ३० हजार कित्तासम्म सेयर माग गर्ने आवेदकले ७० कित्ताका दरले आईपीओ पाएका छन् । 

कम्पनीको सेयरमा ५ लाख ५३ हजार ४४ जनाले ७० कित्ता सेयर माग गरेका थिए । यसै गरी ८० देखि ३० हजार कित्तासम्म आईपीओ माग गर्नेको सङ्ख्या ४ हजार ६५७ रहेको थियो । आइपीओ बाँडफाँट गरेर बाँकी रहेको ६ हजार ९१० कित्ता सेयर भने गोलाप्रथाबाट बाडफाट गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले सर्वसाधारणहरूलाई लक्षित गरेर कुल ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्री खुलाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप