नक्कली भुटानी शरणार्थी प्रकरण
शरणार्थी प्रकरण : केशव तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश
आइतबार, ३१ असार २०८०, १८ : ५५
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव प्रसाद घिमिरेले आइतबार तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेका हुन् ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा काठमाडौँ–३० असनका तुलाधर बुधवार पक्राउ परेका थिए । फरार सूचीमा रहेका तुलाधरलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए । तुलाधरले अदालतले तोकेको धरौटी बुझाएका छन् ।