आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले प्रचार विभागमा ११ जना मनोनित

आइतबार, ३१ असार २०८०, २१ : ४४
आइतबार, ३१ असार २०८०

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको प्रचार तथा प्रकाशन विभाग विस्तार गरेको छ । विभागका सचिव गगन विष्टले थप ११ जनालाई विभागको सदस्यमा मनोनित गरिएको जानकारी दिए । 

उनका अनुसार काठमाडौँका महेन्द्र विष्ट, बाँकेका अछरी पोखरेल, सुर्खेतका सूर्यमणि गौतम, कैलालीका हेमन्त पौडेल, सुनसरीका लीलाराज भट्टराई, पर्साका लालबाबु शेख, लमजुङका गणेश पाण्डे, रुपन्देहीका दीपक ज्ञवाली र शेरबहादुर केसी, कास्कीका रामकृष्ण ज्ञवाली र भोजपुरका राजेश राईलाई विभागमा मनोनयन गरिएको छ ।  

आज मनोनित गरेसँगै १९ सदस्यीय प्रचार विभाग बनेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप