आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिभावकका ५ राम्रा बानी जसले बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्छ

सोमबार, ०१ साउन २०८०, १० : ४९
सोमबार, ०१ साउन २०८०

आमाबाबु हुनुको अर्थ यो होइन कि तपाईंले अभिभावकको रूपमा गल्ती गर्नु हुँदैन । तपाईं आफ्नो बच्चाको अगाडि कत्तिको राम्रो मान्छे बन्नुहुन्छ र तपाईंले बालबालिकाको जीवनलाई सकारात्मक बनाउन कुन हदसम्म प्रयास गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । यहाँ हामी प्रभावकारी अभिभावकत्वका लागि तपाईंले अपनाउनुपर्ने बानीबारे जानकारी दिइरहेका छौँ ।

भेरिवेल फ्यामिलीका अनुसार सबैभन्दा प्रभावकारी अभिभावक बन्नुको लक्ष्य आदर्श अभिभावक बन्नु नभई आफ्ना छोराछोरीलाई जीवनमा आइपर्ने कठिनाइको सामना गर्न मानसिक रूपमा कत्तिको बलियो बनाइरहनुभएको छ र एक जिम्मेवार व्यक्ति बनाउन तपाईंले गरेको प्रयास हो । 

राम्रो अभिभावकत्वका लागि आमाबुवाले घर र बाहिरको नियम लागू गर्न आवश्यक छ । यो नियम सबैमा लागू होस् । यो नियमले जीवनमा अनुशासन ल्याउँछ, जुन राम्रो जीवनको लागि आवश्यक छ । यसमा सही समयमा घर आउनु र घरको रेखदेख आदि समावेश छ । जब छोराछोरीले आफ्ना आमाबाबुलाई कडा मेहनत गरेको देख्छन्, उनीहरूलाई पनि कडा मेहनत गर्न प्रेरणा मिल्छ ।

तर, कहिलेकाहीँ वा कतिपय कुरामा नियमप्रति लचिलो हुनु पनि आवश्यक हुन्छ । ह्याम्पशायर युनिभर्सिटीका अनुसार, आवश्यकता भन्दा बढी नियम बनाउनुले कहिलेकाहीँ बालबालिका हुर्काउन निकै कठिन हुन्छ र बालबालिका नियम तोड्न पनि सिक्छन् । त्यसैले कहिलेकाहीँ नियममा लचिलो हुनुहोस् ।  

कतिपय अभिभावक आफ्ना छोराछोरीसँग धेरै कुराकानी गर्छन् । यदि बच्चाले तपाईसँग सबै कुरा सेयर गर्छ भने तपाईंको पालनपोषण राम्रो हुँदै छ भनेर बुझ्नुहोस् । वास्तवमा, जब बच्चाले आफ्नो जीवनका स–साना कुराहरू तपाईंलाई भन्छ भने उसको सामाजिक सीप, भाषा, अभिव्यक्ति, रचनात्मकता, कल्पनाशक्ति आदि पनि धेरै बढ्छ र बच्चालाई तपाईंबाट सही र गलत बारे थाहा हुन्छ ।

यदि तपाईंले आफ्नो बच्चाका लागि हरेक दिन २० मिनेटका लागि केहि पढेर सुनाउनुभयो भने यसले उसको विकासमा धेरै मद्दत गर्न सक्छ । अनुसन्धानले पत्ता लगाए अनुसार तपाईंले यसो गरेको खण्डमा बच्चा १५ वर्षको हुँदा ऊ आफ्नो उमेर भन्दा एक वर्ष बढी जानकारी सङ्कलन गर्न सक्षम हुन्छ । यति मात्र होइन, यसले बच्चाको शब्दावली बढाउँछ र विश्वबारे बुझाइ पनि बढाउँछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप